काठमाडौं । आईसीसी विश्वकप लिग टूका लागि स्कटल्याण्ड भ्रमणका क्रममा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।
यसै सिरिज अन्तर्गत पहिलो भेटमा नेपाल नामिबियाविरुद्ध ४० रनले पराजित भएको थियो । नेपाल उक्त खेलमा व्यहोरेको हारको बदला लिन चाहान्छ ।
नामिबिया पनि जितसहित यस सिरिजको अन्त्य गर्न चाहान्छ । नामिबियाको यो जारी सिरिजको अन्तिम खेल हो ।
नामिबियाविरुद्ध जितको अपेक्षा राखे पनि नेपालको ब्याटिङ भरपर्दो नरहँदा खेलको नतिजा भन्न सकिने अवस्था रहेको छैन । यस अघि नामिबियासँगैको खेलमा नेपालले ब्याटिङको कारणले नै हार व्यहोरेको थियो ।
लिग टू नत्र नभई अन्य प्रतियोगितामा नेपालको ब्याटिङ मुख्य समस्या रहेका छ । आजको खेलमा समेत ब्याटिङमा समस्या देखिएमा सधैं बलिङ भरोसामा नेपाली टिम रहने छ ।
बढि भरोसामा रहेका ब्याटर दीपेन्द्र सिंह ऐरीको वास्तविक क्षमता देखिएको छैन । ओपनर कुशल भुर्तेलले सुरुआत अनुसारको निरन्तरता दिन नसक्नु र मध्यक्रममा भरोसापना नदेखिदा नेपाललाई पिरोलेको छ ।