काठमाडौं । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
इंग्ल्यान्डले सिरिजका लागि घोषणा गरेको टोलीमा स्टोक्स अटाएका छैनन् ।
पूर्ण रुपमा फिट नभएको कारण टेस्ट टोलीका कप्तान स्टोक्सलाई टी-ट्वान्टी सिरिजमा विश्राम दिईएको बताईएको छ ।
तर, स्टोक्स एकदिवसीय सिरिजको टोलीमा भने अटाएका छन् ।
इंग्ल्यान्डले दक्षिण अफ्रीकाविरुद्ध तीन खेलको टी-ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
स्टोक्सले इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेट प्रतियोगिता समेत गुमाउने बताईएको छ ।

