काठमाडौं । घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज न्युजिल्याण्डले क्लिन स्विप गरेको छ।
डुबलिनमा शुक्रबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा १ रनको जित निकाल्दै न्युजिल्याण्डले तीन खेलको सिरिज ३-० ले जितेको हो ।
न्युजिल्याण्डले दिएको ३ सय ६१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५९ रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका पाउल स्ट्रर्लिङ र ह्यारी टेक्टरले शतकीय इनिङ खेले ।
स्ट्रर्लिङले १ सय २० तथा टेक्टरले १ सय ८ रन बनाए । एन्डी म्याकबेर्नीले २६ तथा गारिथ डिले र जर्जी डकरिलले समान २२/२२ रन बनाए ।
न्युजिल्याण्डका म्याट हेनरीले ४ तथा मिचेल स्यान्टेनरले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६० रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले १ सय १५ रनको शतकीय इनिङ खेले । हेनरी निकोलसले ७९, ग्लेन फिलिप्सले ४७ तथा फिना एलेनले ३३ रन बनाए ।
घरेलु टोलीका जोस लिटिलले २ विकेट लिए ।
अब दुई टोलीबीच तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।