काठमाडौं । नेदरल्यान्ड्स र जिम्बावे आईसीसी टी-ट्वान्टी विश्वकप २०२२ का लागि छनोट भएको छ ।
जिम्बावेमा जारी विश्वकपको ग्लोबल छनोट बीको फाइनल पुग्दै नेदरल्यान्ड्स र आयोजक जिम्बावे विश्वकपमा छनोट भएको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा जिम्बावेले पीएनजीलाई २७ रनले हराएर फाइनलमा स्थान बनाएको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हरायो ।
नेदरल्यान्ड्स र जिम्बावे विश्वकपमा छनोट भएसँगै अष्ट्रेलियामा आयोजना हुने विश्वकप खेलमा १६ टोलीको टुंगो लागेको छ।
अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
