आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विचरा ! विराट कोहली 

शुक्रबार, असार ३१, २०७९खेलपाटी संवाददाता
विचरा ! विराट कोहली 
Classic Tech Internet Ad

काठमाडौं ।  कुनै उच्च, महान र उत्कृष्ट कुराको पनि जब गुणस्तरमा शंका उठ्न थाल्छ त्यतिबेला तपाईलाई महसुस हुन्छ कि, संसारमा केहिपनि स्थायी छैन । असफलता कुनै पनि खेलाडीको जीवनको एउटा अभिन्न भाग हो । खेलाडीहरु जतिसुकै कठिन भएपनि सफलताको मार्ग पत्ता लगाउन सक्छन् । उनीहरु आफ्नो खेल जीवनका उतारचढावलाई एउटा सिमामा खुम्च्याउन सक्छन । तर दुःखको कुरा विराट कोहलीका लागि भने भयानक खडेरी झनै अकल्पनीय सिमासम्म फैलिरहेको छ ।

हो, उनै कोहली जसले विश्व क्रिकेटको उत्कृष्ट बलिङ आक्रमणलाई समेत धुलो पारे । उनले विभिन्न परिस्थितिहरूमा रन बनाए । उनी यस्ता रन मेसिन थिए कहिलेकाँही त लाग्थ्यो कोहली रमाईलोको लागि स्कोर गर्छन । ब्याटिङमा स्थिरता, स्तर र साहसले आफुलाई परिभाषित गरे, चाहे त्यो जुनसुकै फर्म्याट किन नहोस । उनले लगभग एक दशकमा प्रहार गरेको ७० शतकले सबैकुरा पूर्णरूपमा आफै व्याख्या गर्दछ ।

The year of Virat Kohli

कोहली भारतका सबैभन्दा शक्तिशाली कप्तान थिए । उनले भारतीय क्रिकेटलाई विश्वभर मार्केटिङ गरे । जब बीसीसीआई अन्तरिम पदाधिकारीहरूद्वारा सञ्चालित थियो उनले त्यो समयको नेतृत्व पनि गरे । भारतीय क्रिकेटका सबैभन्दा ठूला स्टारको रिसलाई कसरि शान्त पार्ने बीसीसीआईलाई राम्रोसँग थाहा हुन्थ्यो । विराटको नियत र उदेश्यमा शंका गर्ने कुनै कारण थिएन । उनी खेल जित्न सबै आधारहरु प्रयोग गर्थे, डिमाण्ड गर्थे, हाँस्थे, रिसाउँथे ।

भारतले विश्वलाई धेरै महान क्रिकेटर दिएको छ तर विराट कोहली जत्तिकै महत्वाकांक्षी कोही छैन । आफ्नो महत्वाकांक्षा पूरा गर्न कोहलीले सचिन तेन्दुलकरको प्राविधिक पक्ष, धोनीको मेहनत र फिटनेसलाई अनुशरण गरे । जो क्रिकेटर मात्र नभई विश्वका अन्य शीर्ष एथलीटहरूको सूचीमा थिए ।

तर, अहिले कोहली माथी किन प्रश्न उठिरहेको छ ?

सर्वकालीन महान ब्याट्सम्यान र उनीहरुले गरेको ब्याटिङको जुनसुकै चार्ट हेर्नुहोस । तपाइले त्यसमा कहिँ न कहिँ कोहलीलाई रेकर्ड आफ्नो नाममा गरिरहेको पाउनुहुन्छ । दायाँ हाते कोहलीको एकदिवसीय र टी- ट्वान्टीमा क्रमशः ५८.०७ र ५०.१२ को औसत छ । टेस्टमा ४९.५३ को औसत । १४ वर्ष भन्दा बढी समयको अन्तर्राष्ट्रिय करियरमा यी संख्याहरू ठुला मात्र हैनन् विशाल हुन् । मुख्य प्रश्नको उत्तर यहीँ छ । जब तपाई आफुलाई यति अब्बल दर्जामा लैजानुहुन्छ भने तपाईसँग आशाहरु पनि समान रुपमा सँगसँगै बढ्दै जान्छन् ।

Virat Kohli's 43rd ODI century helps India clinch 2-0 series win against  Windies | Sports News,The Indian Express

२०१६ देखि २०१८ सम्म उनले १ सय ४० इनिङमा २९ शतक र ३२ अर्धशतक जमाए । निश्चित रूपमा यिनै आंकडा अहिले फिक्का पर्दा कोहली  प्रश्नहरुको घेराबन्दीमा छन् ।

नोभेम्बर २०१९ मा ईडन गार्डन्स कोलकातामा खेलिएको पिङ्क बल टेस्टमा बंगलादेशविरुद्धको स्टाइलिस १ सय ३६ रन कोहलीको ब्याटबाट निस्केको अन्तिम शतक थियो । त्यसपछि मौन छ कोहलीको ब्याट । ७१ औं शतकको खोजिमा बितेको तीन वर्षको अवधि ७१ असफल प्रयासहरु भन्दा धेरै भईसक्यो।

कोहलीको पतनको प्रमुख कारण:

स्वाभाविक रूपमा खेलाडीको प्रदर्शनमा गिरावट आउनु आत्मविश्वासको कमीलाई मान्न सकिन्छ । विशेषत: कोहलीको मामलामा उनीसँग जोडिएको ठुलो अपेक्षा हो । उनी आकांक्षाको यस्तो तिखो घोचाई महसूस गरिरहेका छन्  जसलाई 'ऐया' भनेर कराउन पनि सक्दैनन् । कोहली हरेकपल्ट जब बाहिर निस्किन्छन, लाखौँ समर्थक आशा गर्छन कि उनी रन बनाउनेछन् । ७१ औं शतक बनाउनेछन् ।  सबै तनावलाई पछाडी छोड्नेछन् । जुन आफैमा एउटा ठुलो तनाब हो।

पूर्व क्रिकेटर र कमेन्टेटर आकाश चोपडाले एकपल्ट भनेका थिए, 'विराट कोहली एक नराम्रो सपनासँग जुधिरहेका छन् । कसैको लागि नराम्रो सपना सकिन्छ । साथसाथ नराम्रो समय पनि सकिन्छ । जुन एटेन्सन विराटले पाइरहेका छन् यो हेर्दा अहिले विराट कोहली हुनु एकदम गाह्रो कुरा हो ।'

कप्तानीको असफलताले भारतका मुख्य खेलाडी कोहलीको पहिल्यैबाट डगमगाएको आत्मविश्वासमा झनै ह्रास उत्पन्न भएको देखिन्छ । विश्वकप २०२१ को अन्त्यसँगै  टी-ट्वान्टी कप्तानी छोडने इच्छा व्यक्त गरेको केहि समय भित्रै तत्काल कोहलीलाई एकदिवसीय कप्तानीबाट पनि हटाइएको थियो । कोहली र बोर्डका अध्यक्ष सौरव गांगुलीबीच टकराव भएका समाचार पनि आए । जसले 'कम्युनिकेसन ग्याप' को संकेत दियो।

Sourav Ganguly - Kohli contradicts BCCI president's statement, rift out in  the open - Telegraph India

यस बाहेक, उनले आश्चर्यजनक रूपमा टेस्ट कप्तानी छाड्ने निर्णय गरे । दक्षिण अफ्रीकाविरुद्धको श्रृंखला गुमाएपनि ६८ खेलमा ४० जितको शानदार रेकर्डसहित भारतीय टिमको नेतृत्व गरे । पूर्व भारतीय कप्तान आफुलाई एकदिवसीय कप्तानीबाट हटाउने बीसीसीआईको निर्णयबाट भने खुसी थिएनन् ।

सायद उनी अब त्यति आत्मविश्वासी देखिदैनन् जो फेरी त्यही बिन्दुबाट नयाँ इनिङको सुरुवात गर्न सक्छन् । त्यसको विपरित उनले दबाब लिए आफूमाथि । कोहलीको 'एग्रेसिभ नेचर' ले भूतपूर्व क्रिकेटर, आलोचक र विश्लेषकहरुको मुख बन्द गराउने चक्करमा दिन प्रतिदिन उनलाई नै सिध्याउन थाल्यो । कोहलीको पतनको सबैभन्दा ठुलो कारण यहि हो ।

समग्रमा, कोहली वर्तमान समयमा आफुलाई एक अँध्यारो कुनामा भेटिरहेका छन् । मौनताको स्वर यति ठुलो छ कि आशाको किरण पनि कतै बिलाइरहेको छ ।

-एजेन्सीको सहयोगमा 

Bajaj Pulsar Motorcycle Ad
विचरा ! विराट कोहली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

Bajaj Pulsar Motorcycle Ad
सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो