काठमाडौं । श्रीलंकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ ।
श्रीलंकाले दुई टेस्ट सिरिजका लागि दिमुथ करुनारत्नेको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
श्रीलंकाले घरेलु भूमिमा पाकिस्तानसँग दुई खेलको सिरिज खेल्नेछ ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको सिरिजको पहिलो खेल शनिबार सुरु हुनेछ ।
