दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्धको ओडीआई सिरिज नखेल्ने
बिहिबार, ३० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण अफ्रीकाले घरेलु टोली अष्ट्रेलियाविरुद्ध तय भएको तीन खेलको एकदिवसीय सिरिज नखेल्ने भएको छ।
आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिज आगामी जनवरीमा हुने तालिका रहेको थियो । तर, दक्षिण अफ्रीकाले सिरिज नखेल्ने जनाएको छ ।
दक्षिण अफ्रीकाले सिरिजबाट नाम फिर्ता लिएपछि अष्ट्रेलियालाई तीन खेलको अंक दिने तयारी भएको छ । उक्त अंक अष्ट्रेलियाले प्राप्त गरेमा दक्षिण अफ्रीकालाई आईसीसी एकदिवसीय विश्वकपमा स्वतः छनोट हुन कठिन हुने देखिएको छ।
एकदिवसीय सुपर लिगमा शीर्ष आठमा रहने टोलीले सन् २०२३ मा भारतमा हुने विश्वकपमा सिधै स्थान बनाउने छन् । अन्य टोलीले भने छनोट खेल खेल्नु पर्नेछ । आयोजक भारत भने स्वतः विश्वकपमा छनोट भईसकेको छ ।
दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्धको ओडीआई सिरिज नखेल्ने







-1776324756993.png&w=3840&q=75)






-1776431484410.jpeg&w=3840&q=75)

