काठमाडौं । घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा भारत विजयी भएको छ ।
लण्डनमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो ।
इंग्ल्यान्डले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले अविजित रहदै ७६ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै शिखर धवन ३१ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै १ सय १० रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ३० तथा डेभिड विलिले २१ रन बनाए ।
ब्रेडन कार्सेले १५ रन जोड्दा मोइन अलि १४ रन बनाए ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका जस्प्रित बुमराहले ६ विकेट लिए ।
मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।
यस जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।