मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'युवा टोलीबाट नतिजाको अपेक्षा छ'

सोमबार, २७ असार २०७९खेलपाटी संवाददाता
'युवा टोलीबाट नतिजाको अपेक्षा छ'
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीले आउने तीन महिना भित्र दुई ठुला प्रतियोगिता खेल्दैछ ।

नेपालको युवा टोलीले भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोट खेल्नेछ ।

दुई प्रतियोगिताका लागि नेपाली टोलीले तयारीलाई तिब्रता दिएको छ । अनुभवी प्रशिक्षक मेघराज केसीले टोलीको नेतृत्व गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको छनोटबाट मुख्य प्रशिक्षक केसीले पहिलो चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएका थिए ।

यतिबेला यू-२० टोलीमा ३० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । यहिँ ३० खेलाडीबाट साफ यू-२० र एएफसी यू-२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिनेछ ।

कोभिड-१९ को महामारीको कारण एन्फा एकेडेमीमा खेलाडी नहुँदा यस पटक युवा  खेलाडी छनोटमा सकस रह्यो । तर, जति खेलाडी छनोट भएर टोलीमा आए सबै क्षमतावान छन् । त्यसैले मुख्य प्रशिक्षक केसी टोलीबाट खुशी छन् ।

'विगत लामो समयबाट कोरोनाका कारण खेलाडी उत्पादनको बाटो रोकिदा खुला रुपमा छनोट गर्नु पर्यो । ५/६ वर्ष अघिको जस्तो अवस्था अहिले छैन । १०० जना जति बच्चाहरु आएकामा १० दिन लगाएर हामीले ४० जनाको छनोट गर्यौ,' प्रशिक्षक केसी भन्छन्, 'मान्छेहरुले सोचिरहेका थिए । कस्तो टिम आउने हो भनेर तर जुन टिम आयो म यसमा खुसी नै रहेको छु ।'

मुख्य प्रशिक्षक केसीले राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र नयाँ खेलाडीको मिश्रणले नेपाली टोली मजबुत बनेको बताउछन् । उनले यस टोलीबाट नतिजाको आशा गरेको बताए ।

'हाम्रो टिमले जुन मजबुत टोली बनाएका छौँ । यसबाट पूरा नतिजाको अपेक्षा रहेको छ,' प्रशिक्षक केसीले भने ।

साफ यू-२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।  त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन् ।

समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।

नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।

समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

प्रशिक्षक केसीका अनुसार खुला छनोटको कारण खेलाडीमा मेहेनत बढेको छ । जसले नतिजामा सकारात्मक प्रभाव पार्ने उनको भनाईछ ।

'अब फुटबलमा लाग्न चाहनेका लागि म सधै फुटबलमा लागि रहे भने टिममा पर्ने रहेछु भन्ने सन्देश गएको छ । खुला छनोटका कारण खेलाडीमा मेहेनत बढेको छ । यसले गर्दा नतिजामा सकारात्मक प्रभाव पर्नेछ,' प्रशिक्षक केसीले भने।

प्रशिक्षक केसीले नेपाली टोलीको सबै पक्ष बलियो रहेको बताए  । पछिल्लो समय टिममा टिम भावना बढेको समेत बताए ।  

Loading ad...
LiNing Ad
'युवा टोलीबाट नतिजाको अपेक्षा छ'

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित