काठमाडौं । यू-१९ राष्ट्रिय टोलीका पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
रितलाई अकल्याण्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको छ । क्लबले आइतबार रितलाई ६ महिनाको लागि अनुबन्ध गरिएको जनाएको छ ।
गिजर सिटी क्रिकेट क्लबमा न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ड लगायतका खेलाडी रहेका छन् ।
नेपालका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तराष्ट्रिय शतक प्रहार प्रहारको कीर्तिमान रितको नाममा रहेको छ ।
सन् २०१९ मा रितले नेपालको यू-१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए । यू-१६ मा २०१७ मा उनले म्यानमारविरुद्ध शतक बनाएका थिए ।
रितले नेपालको घरेलु प्रतियोगिता एपीएफको टोलीबाट खेल्ने गर्छन् ।
