काठमाडौं । नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ । ईलाममा आयोजना हुने तालिम असार ३१ देखि साउन १ गतेसम्म चल्नेछ ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन् ।
अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने छन् ।
नेकोस राष्ट्रिय क्रिकेट संघले दुई हप्ता अघि पत्रकार सम्मेलन मार्फत आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । संघको बार्षिक कार्यक्रम अन्तर्गतनै तालिम आयोजना हुने भएको हो ।
नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ क्यानले मान्यता दिएको छ ।
तालिमको ब्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ । यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश नम्बर एकले सहयोग गरेको छ । र तालिमको बिशेष सहयोगीमा नेपाल क्रिकेट संघ क्यान रहेको छ ।