विट्सल एट्लेटिकोमा अनुबन्धित
बिहिबार, २३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले मिडफिल्डर एक्सेल विट्सललाई अनुबन्ध गरेको छ ।
एट्लेटिकोले बोरुसिया डर्टमण्डबाट विट्सललाई अनुबन्ध गरेको हो ।
३३ वर्षीय मिडफिल्डरले स्पेनिस क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
बेल्जियमका मिडफिल्डर ४ वर्ष जर्मन क्लब बसेर स्पेन आएका हुन् ।
डर्टमण्डका लागि विट्सलले १ सय ४५ खेल खेलेका छन् ।
विट्सलले बेल्जियमका लागि १ सय २४ खेलमा १२ गोल गरेका छन् ।
विट्सल एट्लेटिकोमा अनुबन्धित









-1778556752495.jpeg&w=3840&q=75)




