इंग्ल्यान्डको विजयी सुरुआत
बिहिबार, २३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
ओल्ड ट्राफोर्डमा बुधबार राति भएको उद्घाटन खेलमा अष्ट्रियालाई १-० ले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो ।
इंग्ल्यान्डको जितमा बेथ मिडले निर्णायक गोल गरिन् ।
खेलको १६ औं मिनेटमा बेथले इंग्ल्यान्डको जितमा गोल गरेकी हुन् ।
यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
समूह ए को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
अष्ट्रिया पुछारमा रहेको छ ।
महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
इंग्ल्यान्डको विजयी सुरुआत









-1778556752495.jpeg&w=3840&q=75)




