स्ट्रर्लिङ चेल्सी आउने पक्का
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले विंगर रहिम स्ट्रर्लिङलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
चेल्सीले म्यान्चेस्टर सिटीबाट विंगर स्ट्रर्लिङलाई अनुबन्ध गर्ने भएको हो ।
चेल्सी र स्ट्रर्लिङबीच अनुबन्धका लागि सहमति भएको बीबीसीले जनाएको छ ।
२७ वर्षीय फरवार्डले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् ।
स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी आएका थिए ।
स्ट्रर्लिङले सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।
गत सिजन उनले ३० प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए ।
स्ट्रर्लिङ चेल्सी आउने पक्का









-1778556752495.jpeg&w=3840&q=75)




