सेबास्टियन डर्टमण्डमा
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले फरवार्ड सेबास्टियन हलरलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले डच क्लब आयाक्सबाट फरवार्ड सेबास्टियनलाई अनुबन्ध गरेको हो ।
बुन्डेसलिगा क्लबले ३५ मिलियन युरोमा उनलाई अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका फरवार्डले जर्मन क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् ।
२८ वर्षीय फरवार्डले डर्टमण्डमा ९ नम्बरको जर्सी लगाउने छन् ।
सेबास्टियन डर्टमण्डमा









-1778556752495.jpeg&w=3840&q=75)




