काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
किङ सिटी स्टेडियममा नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको छ । र, क्यानडालाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।
नेपाल आज क्यानडालाई हराएर सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ ।
क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।
विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।
क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।
नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
