पोग्बा युभेन्ट्स आउन सहमत
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा इटालियन क्लब युभेन्ट्समा अनुबन्ध हुने पक्का भएको छ ।
पोग्बा फ्री ट्रान्सफरमा सिरी ए क्लब युभेन्ट्स फर्कन सहमत भएको बीबीसीले जनाएको छ ।
पोग्बाको यसै हप्ता मेडिकल हुने बताईएको छ ।
युभेन्ट्ससँग पोग्बाले ४ वर्षको सम्झौता गर्ने बताईएको छ ।
पोग्बाले सिजनको अन्त्यसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गरेका थिए ।
२९ वर्षीय पोग्बा २०१६ मा युभेन्ट्सबाटै युनाईटेड फर्किएका थिए ।
युनाईटेडको एकेडेमीमा हुर्किएका पोग्बा २०१२ मा युभेन्ट्स गएका थिए।
पोग्बाले युनाईटेडका लागि २ सय २६ खेल ३९ गोल गरेका थिए ।
पोग्बा युभेन्ट्स आउन सहमत









-1778556752495.jpeg&w=3840&q=75)




