विलियम्सले अब घानाबाट अन्तराष्ट्रिय फुटबल खेल्ने
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सले घानाबाट अन्तराष्ट्रिय फुटबल खेल्ने भएका छन् ।
विलियम्सले सामाजिक संजाल ट्वीटरमा एक भिडियो पोस्ट गर्दै घानाबाट अन्तराष्ट्रिय फुटबल खेल्ने घोषणा गरेका हुन् ।
२८ वर्षीय फरवार्डले यस अघि स्पेनका लागि खेल्ने गर्थे । स्पेनको उमेर समूह र राष्ट्रिय टोलीका लागि उनले १ खेल खेलेका छन् ।
तर, अब उनले आफ्नो पुर्खौली देशबाट खेल्ने निर्णय गरेका हुन् ।
उनको बाबु र आमा घानाका हुन् । उनीहरु पछि स्पेन आएका थिए ।
विलियम्स भने स्पेनको बिल्बाओमा जन्मिएका हुन् ।
विलियम्सले घानाबाट फिफा विश्वकप २०२२ खेल्ने सम्भावना रहेको छ ।
विलियम्सले अब घानाबाट अन्तराष्ट्रिय फुटबल खेल्ने









-1778556752495.jpeg&w=3840&q=75)




