काठमाडौं । वेस्ट इन्डिज भ्रमणका लागि शिखर धवनको कप्तानीमा भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ ।
वेस्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको हो ।
टोलीमा रविन्द्र जडेजा उपकप्तानका रुपमा रहेका छन् ।
३ खेलको एकदिवसीय अन्तराष्ट्रिय २२ जुलाई देखि हुनेछ । लगत्तै पाँच खेलको टी-ट्वान्टी सिरिज पनि रहेको छ ।
भारतीय टिम :
शिखर धवन(कप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक होडा, श्रेयस एयर, सुर्य कुमार यादव, इशान किशन (विकेटकिपर), सन्जु सामसन (विकेटकिपर), रविन्द्र जडेजा(उपकप्तान), युजभेन्द्र चाहल, सार्दुल ठाकुर, अक्षर पटेल, आबेश खान,प्रसिद्ध कृष्णा,मोहम्मद सिराज र अर्शदिप सिंह
