काठमाडौं । क्यानडाले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगको एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।
क्रिकेट क्यानडाले सोमबार नेपालसँगको सिरिजका लागि १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
क्यानडाले साद बिन जाफरको कप्तानीमा टिम घोषणा गरेको हो ।
टिममा जाफर सहित रायन खान पठान उपकप्तान रहेका छन्।
नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज मंगलबार र बुधबार हुनेछ।
क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
क्यानडा टिम :
साद बिन जाफर(कप्तान),रायन खान पठान(उपकप्तान),भुपेन्द्र सिंह,आरोन जोनसन,निकोलस क्रिटोन,अरमान कपुर,दिलोन ह्यालिंगर,अमर खालिद,सलमान नजर,रोम्ली साहजाद,उदयविर वालिय,अखिल कुमार र श्रेयस मोभा
