रोमाले अनुबन्ध गर्यो युवा गोलकिपर
शनिबार, १८ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमाले युवा गोलकिपर माइल स्भिलारलाई अनुबन्ध गरेको छ ।
सिरी ए क्लबले २२ वर्षीय गोलकिपरलाई पोर्चुगिज क्लब बेन्फिकाबाट अनुबन्ध गरेको हो ।
सर्बियन गोलकिपर माइलले रोमासँग ५ वर्षको सम्झौता गरेका छन् ।
रोमामा माइलले ९९ नम्बरको जर्सी लगाउने छन् ।
बेल्जियमबाट उमेर समूहको प्रतियोगिता खेलेका उनले सर्बियाको सिनियर टोलीमा डेब्यु गरिसकेका छन् ।
रोमाले अनुबन्ध गर्यो युवा गोलकिपर









-1778556752495.jpeg&w=3840&q=75)




