बट्लर इंग्ल्यान्डको कप्तान नियुक्त
बिहिबार, १६ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । विकेटकिपर ब्याट्सम्यान जोस बट्लर इंग्ल्यान्डको एकदिवसीय र टी-ट्वान्टी टिमको कप्तान नियुक्त भएका छन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले बिहीबार बट्लरलाई कप्तान नियुक्त गरेको हो ।
विश्वकप विजेता कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि बट्लरले कप्तानीको जिम्मेवारी पाएका हुन् ।
३५ वर्षीय मोर्गनले मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । बट्लर यस अघि उपकप्तान रहेका थिए।
३१ वर्षीय बट्लरको कप्तानीमा इंग्ल्यान्डले जुलाईमा भारतविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
बट्लर इंग्ल्यान्डको कप्तान नियुक्त







-1776324756993.png&w=3840&q=75)



-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)