काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ ।
आइतबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ७ विकेटले हराएको हो ।
वर्षाको कारण १२ ओभरमा झारिएको खेलमा आयरल्याण्डले भारतलाई जितका लागि १ सय ९ रनको लक्ष्य दिएको थियो ।
जवाफमा भारतले ९ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ११ रन जोड्दै लक्ष्य पूरा गर्यो ।
भारतका दीपक होडाले अविजित ४७ रन जोडे । इशान किशनले २६ रन जोड्दा कप्तान हार्दिक पाण्डयले २४ रन बनाए ।
आयरल्याण्डका क्रेग योङले २ तथा जोस लिटलले १ विकेट लिए ।

त्यसअघि आयरल्याण्डले १२ ओभरमा ८ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो । आयरल्याण्डका ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय इनिङ खेले । लोर्कान टुकरले १८ रन बनाए ।
भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, आभेस खानर र युजभेन्द्र चहलले १/१ विकेट लिए ।
यस जितसँगै भारतले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।