सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘फ्रि ट्रान्सफर’ मा उपलब्ध ठूला स्टार

बुधबार, ०८ असार २०७९खेलपाटी संवाददाता
‘फ्रि ट्रान्सफर’ मा उपलब्ध ठूला स्टार
Loading ad...
mustang rice ad

काठमाडौं । यो सिजन केही यस्ता ठूला नाम विश्व फुटबलमा विना मूल्य उपलब्ध हुनेछन्, जसबारे सोच्दा के कस्तो हुनेछ भनेर कौतुहलता उत्पन्न हुन्छ । आफ्नो क्लबसँगको अनुबन्ध सकिएपछि उनीहरू आश्चर्यजनक रूपमा ‘फ्रि ट्रान्सफर’ उपलब्ध हुनेछन् । यस्तोमा प्रश्नहरू तेर्सिने छन्, के पउल पोग्बा युभेन्ट्स फर्कने छन् त ? रियल म्याड्रिड पनि गेराथ बेलको खेल जीवन कस्तो हुनेछ । अनि क्रिस्टियन एरिक्सनले कसका लागि खेल्नेछन् ?

बीबीसीले तयार पारेका यस्तै खेलाडीको सूची ।

गेराथ बेल

उनको वर्तमान क्लब त रियल म्याड्रिड नै हो, तर उनको सम्भावित गन्तब्ध धेरै अनुमान गरिएको छ, जस्तो डीसी युनाइटेड, कार्डिफ सिटी, न्युकासल युनाइटेड, नटिङघम फरेस्ट, एसी मिलान अथवा टोटनहम । बेलले नौ वर्ष रियलमा बिताए र एकपछि अर्को उपाधि जिते । त्यसमा पाँच युरोपेली च्याम्पियन्स लिग र तीन स्पेनी ला लिगा उपाधि पर्छन् । सन् २०१३ मा रियलले उनलाई तात्कालीन विश्व कीर्तिमान आठ करोड पाउन्डमा किनेको थियो ।

पउल पोग्बा

म्यानचेस्टर युनाइटेड नफापेका यी खेलाडी युभेन्ट्स फर्कन सक्ने सम्भावना बलियो छ, तर उनले रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जस्ता क्लबबाट पनि खेल्न सक्छन् । दोस्रो पल्ट उनले म्यानचेस्टरमा छ वर्ष बिताए र यसक्रमा लिगकप र युरोपा लिग जिते । तर उनको म्यानचेस्टर बसाइ खासै सुखद रहेन् । उनी सन् २०१६ मा अर्को तात्कालीन विश्व कीर्तिमान आठ करोड ९० लाख पाउन्डमा युभेन्ट्सबाट म्यानचेस्टर आएका थिए ।

Bogba points to his departure from Manchester United

क्रिस्टियन एरिक्सन

केही अप्रत्यासित घटना नभएको भए, उनी अझै पनि इन्टर मिलानमै हुन्थे । तर युरो २०२० का क्रममा उनी ‘कार्डियो एरेस्ट’ को शिकार बने । यसपछि एरिक्सन र इन्टर दुवै एकआपसको सहमतीमा अलग भए । उनको वर्तमान क्लब इंग्लिस प्रिमियर लिगको ब्रेन्टफोर्ड हो । छ महिनाको ब्रेन्टफोर्ड बसाइमा उनको प्रदर्शन सबैको मन जित्ने खालको छ । उनकै उम्दा प्रदर्शनका कारण ब्रेनफोर्ड रेलिगसनबाट जोगिन सफल रह्यो र ब्रेन्टफोर्ड उनलाई अर्को सिजन पनि आफ्नो मै कायम राख्न चाहनेछ ।

जेसे लिङगार्ड

म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट हुर्के बढेका यी खेलाडी अब नयाँ क्लबको खोजीमा छन् । उनका लागि यो काम सजिलो हुने छैन्, किनभने उनले २० वर्षको समय यही एक क्लबका बिताइसकेका छन् । जेसे लिङगार्डले अब लिन सक्ने बाटो भनेको वेस्ट ह्याम, न्युकासल, टोटनहम र एसी मिलानको हो । पछिल्लो वर्ष उनले ऋणमा वेस्ट ह्यामका लागि राम्रै समय बिताए र यसक्रममा उनी कति राम्रा खेलाडी हुन्, त्यो पनि देखिएको थियो । 

Gareth Bale transfer news: Latest updates on next club and contract details  after Real Madrid exit | Sporting News United Kingdom

एडिसन कभानी

म्यानचेस्टर युनाइटेडमा उनको दुई वर्षको पछिल्लो बसाइ सुखद रह्यो, भलै उनले केही पनि जित्न सकेनन् । उनी सन् २००० मा विना कुनै मूल्य पेरिस सेन्ट जर्मेनबाट म्यानचेस्टर आएका थिए । पहिलो सिजन त उनले १७ गोल गरेपछि, तर पछि उनी केही सेलाए । पछिल्लो सिजन उनी चुपचाप देखिनु पछाडि दुई प्रमुख कारण रहे, पहिलो त चोट नै भयो, अर्को क्रिस्टियानो रोनाल्डोको आगमन । हुन सक्छ, उनी अब रियल म्याड्रिड, आर्सनल, एटलेटिको म्याड्रिड अथवा युभेन्ट्स जान सक्नेछन् ।

यति मात्र होइन्, ‘फ्रि ट्रान्सफर’ उपलब्ध हुने अरू केही ठूला नाम पनि छन्, जस्तो, म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, एटलेटिको म्याड्रिडका लुइस स्वारेज, रियल म्याड्रिडका इस्को, पेरिस सेन्ट जर्मेनका एन्जेल डि मारिया आदि आदि । 

Loading ad...
LiNing Ad
‘फ्रि ट्रान्सफर’ मा उपलब्ध ठूला स्टार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी