काठमाडौं । पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ ।
दिल्लीमा बिहीबार राति पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो ।
भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित ७५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड मिलरले अविजित ६४ रनको अत्धशतकीय इनिङ खेले ।
ड्वाने प्रिट्रोरियसले २९ तथा क्विन्टन डी ककले २२ रन जोडे ।
भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

भारतका इशान किशनले ७६ रनको अर्धशतकीय इनिङ खेले । श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ र हार्दिक पान्डयले अविजित ३१ रन बनाए ।
दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक एक विकेट लिए ।
यस जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।