काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान सुनिल धमलाले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ मा पर्दै धमलाले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् ।
नेपालका उपकप्तान रोहित पौडेलले धमलालाई डेब्यु क्याप दिए ।
ओमानविरुद्ध धमलाले सुवास खकुरेलसँग ओपनिङ गर्न छन् ।
तर, नेपालले सुरुआतमा फिल्डिङ गर्दैछ ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख चोटका कारण टिममा नहुदा धमलाले डेब्युको अवसर पाएका हुन् ।
