काठमाडौं । युएई दक्षिण अफ्रीकामा आयोजना हुने आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकपमा छनोट भएको छ ।
मलेसियामा जारी छनोट अन्तर्गत बिहीबार अन्तिम खेलमा थाइल्याण्डलाई ६ विकेटले पराजित गर्दै युएई विश्वकपमा छनोट भएको हो ।
थाइल्याण्डले दिएको ८५ रनको लक्ष्य युएईले १७ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि थाइल्याण्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर ८४ रन जोडेको थियो ।
यस जितसँगै युएईले ५ खेलमा १० अंक जोड्यो ।
थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थान रह्यो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार सहभागी थिए ।