काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो ।
नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडीन् ।
नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।
नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।
सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३/३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।
किरण कुमारी कुँवर सुन्य रनमा आउट भईन् ।
मलेसियाकी नुर सामेदले २ विकेट लिईन् ।
यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा तेस्रो स्थान हासिल गरेको छ ।
नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोर्यो । नेपालले ५ खेलमा ६ अंक जोड्यो ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।
तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।
मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गर्यो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।
शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने यू-१९ को विश्वकप खेल्नेछ ।
नेपालको विश्वकप सपना भने यस अघि नै समाप्त भईसकको छ ।
छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
थाइल्याण्ड र युएईबीच आज हुने खेलले विश्वकपमा पुग्ने टोलीको तय हुनेछ ।