काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज बिहीबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको युकेएम ओभलमा नेपालले अन्तिम खेलको रुपमा मलेसियाको सामना गर्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल बिहान ७:१५ बजे सुरु हुनेछ ।
नेपालको विश्वकप सपना भने समाप्त भईसकेको छ । तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गर्न चाहन्छ ।
अघिल्लो ४ खेलमा नेपालले दुई जित र दुई हार व्यहोरेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।
तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।
नेपाल ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मलेसिया ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
मलेसिया पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने यू-१९ को विश्वकप खेल्नेछ ।
छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।