काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको दोस्रो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ ।
कोलम्बोमा बुधबार राति अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हराएको हो ।
यस जितसँगै श्रीलंकाविरुद्धको ३ खेलको सिरिज अष्ट्रेलियाले एक खेल अगाबै २-० ले जितेको छ । अष्ट्रेलियाले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो ।
श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित २६ तथा कप्तान आरोन फिन्चले २४ रन बनाए ।
डेभिड वार्नर २१ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १९ रन जोडे ।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ४ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन जोडेको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले ३९ रन जोडे । यस्तै कुशल मेन्डीसले ३६ तथा कप्तान डसुन शनाकाले १४ रन जोडे।
अष्ट्रेलियाका केन रिचार्डसनले ४ तथा जे रिचार्डसनले ३ र ग्लेन म्याक्सवेलले २ विकेट लिए ।