काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिगको गभर्निङ काउन्सिल गठन गरेको छ ।
क्यानले बुधबार कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको हो ।
इन्डियन क्रिकेटर्स एसोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गर्दै क्यानले काउन्सिल गठन गरेको हो ।
काउन्सिलको डिरेक्टरमा मल्ल, सदस्यमा क्यानका केन्द्रिय सदस्य दुर्गाराज पाठक, भानु सिग्देल, जतिन हल्वालिया रहेका छन् ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।
क्यानले आफ्नो आधिकारिक टी-ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको छ ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराईसकेको छ ।
