काठमाडौं । भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन् ।
मिथालीले बुधबार सामाजिक संजालबाट सन्यास घोषणा गरेकी हुन् ।
मिथालीले २३ वर्षे अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी हुन् ।
'वर्षौंदेखि तपाईको सबै माया र समर्थनको लागि धन्यवाद ! म तपाईको आशिर्वाद र समर्थनको साथ मेरो दोस्रो इनिङको प्रतीक्षामा छु,' सन्यास घोषणा गर्दै उनले भनेकी छिन् ।
३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छिन्।