सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन कप छनोट : जोर्डनको सामना गर्दै नेपाल

मंगलबार, २४ जेठ २०७९खेलपाटी संवाददाता
एसियन कप छनोट : जोर्डनको सामना गर्दै नेपाल

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

May be an image of 2 people and people standing

युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाब रहित खेल्ने दाबी गर्छन् ।

'हामीलाई दबाब छैन । किनभने हाम्रो समूहमा हामी ४ पोर्टको राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन,' प्रि म्याच कन्फरेन्समा अलमुताईरीले भने, 'यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।'

अलमुताईरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए ।

'हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र  उनीहरुको औसत उमेर २१ वर्ष छ,' उनले थपे ।

किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए ।

'उनीहरु हामीभन्दा बलियो भएको प्रमाणित गरिसकेका छन् । तर, हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ,' कप्तान नवयुगले भने ।

May be an image of 7 people, people standing and text that says 'QUALIFIERS AFC ASIAN CUP 2023'

कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

छनोटको समूह 'ए' मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । 

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

Loading ad...
LiNing Ad
एसियन कप छनोट : जोर्डनको सामना गर्दै नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल