काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध सुरुआतमा बलिङ गर्ने भएको छ ।
मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर ब्याटिङ रोजेको छ । र, नेपाललाई फिल्डिङको निम्तो दिएको छ।
नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।
तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।
नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।
भुटानले अघिल्ला दुई खेल हारेको थियो । अंक विहीन भुटान पुछारमा रहेको छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।