काठमाडौं । न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।
लर्ड्समा बेन स्टोक्सको पहिलो कप्तानीमा रहेको इंग्ल्यान्डले पाहुना टोलीलाई ५ विकेटले हराएको हो ।
जितसँगै इंग्ल्यान्डले तीन खेलको टेस्ट सिरिज १-० को अग्रता बनाएको छ ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको दुई टोलीबीचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ ।
न्युजिल्याण्डले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले ५ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डलाई जित दिलाउन दोस्रो इनिङमा जोय रुटले अविजित रहदै १ सय १५ रनको शतकीय इनिङ खेले । उनले १० हजार रन समेत पूरा गरे ।
कप्तान बेन स्टोक्सले ५४ रनको अर्धशतकीय इनिङ खेले । बेन फोअक्स ३२ रन अविजित रहे ।
न्युजिल्याण्डका केली जेमिसनले ४ विकेट लिए ।
पहिलो इनिङमा इंग्ल्यान्डले १ सय ४१ रन जोडेको थियो ।

यता, पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पहिलो इनिङमा १ सय ३२ रन जोडेको थियो ।
दोस्रो इनिङमा मिचेलको शतकमा न्युजिल्याण्डले २ सय ८५ रन जोड्दै इंग्ल्यान्डलाई २ सय ७७ रनको लक्ष्य दिएको थियो ।
मिचेलले १ सय ८ रनको शतकीय इनिङ खेले । टम ब्लुनडेल ९६ रनमा आउट भए ।
इंग्ल्यान्डका स्टुवार्ट ब्रोड र म्याथ्यु पोट्सले ३/३ विकेट लिए ।