पोखरा । पोखरामा ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा शनिबारबाट प्रतियोगिता सुरु भएको भएको हो ।
पोखराको अम्मरसिंह खेल मैदानमा किडासाका नेपालका लागि डेपुटी देशिय प्रतिनिधी हितमान गुरुङले प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा उनले विद्यालय खेलकुद प्रारम्भको जग भएको बताउँदै घर बलियो बनाउन जग बलियो हुनुपर्नेमा जोड दिए । सन्दीप लामिछानेले क्रिकेट खेलबाटै नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाएको प्रसंग जोड्दै यस्तै प्रतियोगिताहरुलाई निरन्तर दिन सकिए नेपालबाट अन्य सन्दिप उत्पादन हुने गुरुङले बताए ।
उद्घाटन समारोहमा बोल्दै आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले क्रिकेट विकासका लागि हातेमालो गर्ने संस्थाहरुप्रति कृतज्ञता जाहेर गर्नुभयो । पोखरामा युवा खेलाडी उत्पादनका लागि विद्यालय स्तरिय क्रिकेटका प्रतियोगिताहरु सञ्चालन गरिनुपर्नेमा जोड दिए । सो अवसरमा प्रतियोगितामा सहभागि खेलाडीहरुलाई खेल जुत्ता तथा जर्सी पनि निःशुल्क रुपमा वितरण गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा अम्मरसिंह माविले गगन सेकेण्डरी स्कुललाई पराजित गरेको छ । सो खेलमा ३८ बलमा १ सय २० रन बनाएका अम्मरसिंहका सुदिप भट्टराई म्यान अफ द म्याच भए । अर्को खेलमा त्रिभुवन माविले जनप्रकास माविलाई पराजित गर्दा ३ ओभरमा ३ विकेट लिएका त्रिभुवन माविका आशिष नेपाली म्यान अफ द म्याच भए । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ १४÷१४ टिमको सहभागिता रहेको छ ।