काठमाडौं । अमेरिकाको ह्युस्टन हरिकेन्सविरुद्धको अभ्यास खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्ने भएका छन् ।
युवा ब्याट्सम्यान रोहितको कप्तानीमा नेपालले सुरुआती-११ को घोषणा गरेको छ ।
नेपालविरुद्ध हरिकेन्सले टस जितेको छ । र, हरिकेन्सले पहिले फिल्डिङ रोजेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले दोस्रो अभ्यास खेलमा हरिकेन्सविरुद्ध खेलिरहेको हो ।

यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग अभ्यास खेलेको थियो । अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालको सुरुआती ११ -
देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला, सुशन भारी