काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि प्रारम्भिक महिला क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले शनिबार एक बिज्ञप्ति जारी गर्दै एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा १९ जनाको महिला टिमको घोषणा गरेको हो ।
प्रारम्भिक टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल र इश्वरी विष्ट छन् ।
क्यानले अन्तिम १५ खेलाडी घोषणा गर्ने बनाएको छ । पहिलो चरणको क्याम्पबाट १९ खेलाडी छनोट भएको क्यानले जनाएको छ ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप मलेसियामा आयोजना हुनेछ।
एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाल रहेको 'बी' समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ।
यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ ।
नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।