काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको यूकेएम ओभलमा युएईविरुद्ध ब्याटिङ गरेको नेपाल ८ रन जोड्दा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।
नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन ।
अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए ।
युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।

शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
यस्तै नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।