काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली आज जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।
त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।