क्रिष्टियानो रोनाल्डो – ( पोर्चुगल )
क्लब फुटबलमा होस् या देशबाट खेल्दा, क्रिस्टियानो रोनाल्डोको प्रर्दशन एकैनास हुने गर्छ । विश्वकपको दोस्रो चरणको खेलमा दक्षिण अफ्रिकी राष्ट्र मोरक्कोविरुद्धको खेलमा समेत रोनाल्डोले सोही प्रर्दशन दोह¥याउनेमा सबै आशावादी छन् ।
विश्वकपको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले गोलको भोको रहेको संकेत दिईसकेका छन् । विश्वकपका पछिल्ला तीन संस्करणमा गोल गर्ने उनी एक्ला खेलाडि हुन् । क्रिष्टियानो रोनाल्डो युरोकप च्याम्पियनको हैसियतमा रुसी यात्रामा छन् ।
३३ बर्षिय यी स्टार स्ट्राइकर ब्यवसायीक रुपमा स्पेनिस महारथी क्लब रियल म्याड्रिडबाट खेल्ने गर्छन् । स्पेनिस लिगमा गत सिजन २७ खेलमा उनले २६ गोल गरेका थिए । च्याम्पियन लिग फाइनल विजेता टोलीकालागि उनले १३ खेलमा १५ गोल गरेका थिए ।
क्लब फुटबलदेखि अन्तराष्ट्रिय प्रतियोगितासम्म गोल गरिरहेका रोनाल्डोले विश्वकप छनोटमा समेत उत्कृष्ट प्रर्दशन गरेका थिए । छनोट खेलमा उनले ९ खेलमा १५ गोल गरेका थिए । उनै रोनाल्डोको प्रर्दशन मोरक्कोलाई टाउको दुखाईको बिषय बनेको छ ।
अजिज बौहाड्डौज – ( मोरक्को )
दक्षिण अफ्रिकी टोली मोरोक्कोले युरोप च्याम्पियन पोर्चुगलसँग खेलिरहदा उसका मुख्य खेलाडि हुनेछन्, अजिज बौहाड्डौज । बल पोजिसन राख्न, चतुर्याईकासाथ पास निकाल्न माहिर बौहाड्डौजले आजको खेलमा चम्किने विश्वास छ ।
३१ बर्षिय यी स्ट्राइकर ब्यवसायीक फुटबलमा भने युरोपमा खेल्ने गर्छन् । जर्मन लिग बुन्डेस लिगाबाट खेल्ने यी खेलाडि जर्मन क्लब एसटीपौली फुटबल क्लबको लागि खेल्ने गर्छन् । गत सिजन एसटीपौलीका लागि उनले २६ खेल खेल्दै चार गोल गरेर थिए ।
अफ्रिकी कपमा बौहाड्हौजले ४ खेलमा एक गोल गरेका थिए । आयातित टिम मानिएको मोरक्कोलाई युरोपेली फुटबलमा जमेका खेलाडीको प्रर्दशनले माथि उठाउने अनुमान गरिएको छ ।