एजेन्सी । ब्राजिली सुपरस्टार नेयमार प्रशिक्षणबाट बाहिरिएका छन् । कोस्टारिकाविरद्धको खेल हुनु तीन दिन अगाडी नेयमार ब्राजिली टोलीको प्रशिक्षणबाट बाहिरिएका हुन ।
२६ बर्षिया नेयमार पैतलाको चोटबाट मुक्त हुदै प्रतियोगितामा फर्किएका थिए । दाहिने घुडाँको उपचारकालागि उनी ब्राजिलको प्रशिक्षण शत्रबाट बाहिरिएका हुन् ।
ब्राजिली प्रवक्ताले गत आईतबार स्विटजरल्याण्डविरुद्धको खेलमा लगातार ‘फल’ खाएपछि नेयमारले चोट बोकेको पुष्टि गरेका छन् ।
‘पिडा महशुश भएपछि उनी फिजियोसंग गएका छन् ।’ प्रवक्ता भिनीसियस रोड्रिग्वेज भने ।
‘उनी त्यहाँ आज र भोली बिहानसम्म बस्नेछन् । त्यसपछि सामान्य टे«निङ फर्कनेछन् ।’ उनले थपे ।
पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले गत फ्रेब्रुअरीमा दायाँ खुट्टामा चोट बोक्दै लामो समय मैदान बाहिर बसेका थिए । विश्वकपको तयारी स्वरुप खेलिएको क्रोएसियाविरुद्धको खेलसंगै नेयमार मैदान फर्किएका थिए ।
विश्वकपको आफ्नो पहिलो खेलमा नेयमारले स्विटजरल्याण्डविरुद्ध पुरै ९० मिनेट मैदानमा बिताएका थिए । तर सोमबारको प्रशिक्षणमा उनी सहभागि भएनन् । ब्राजिलले अगामी शुक्रबार समुह चरणको दोस्रो खेलमा कोस्टारिकासंग प्रतिस्पर्धा गर्नेछ ।