त्रिकोणात्मक सिरिजको उपाधि ट्रफी सार्वजनिक
आइतबार, चैत २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको उपाधि ट्रफी सार्वजनिक गरेको हो ।
सिरिजको उपाधिका लागि नेपालले भोलि सोमबार पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल अपराजित रहदै सिरिजको फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकालेको थियो ।
पीएनजी उपविजेता बन्दै फाइनल पुगेको हो । पीएनजीले ४ खेलमा १ जित निकाल्यो ।
आइतबार ट्रफी सार्वजनिक कार्यक्रममा दुबै टोलीका कप्तानले सिरिज जित्ने योजना रहेको बताए ।
त्रिकोणात्मक सिरिजको उपाधि ट्रफी सार्वजनिक










-1762856022963.jpg&w=3840&q=75)




