एजेन्सी । एसियाली राष्ट्र जापानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । दश खेलाडीमा सिमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले विश्वकपमा विजयी सुरुवात गरेको हो ।
खेलको सूरुमै पेनाल्टीमार्फत जापानले अग्रता बनाएको थियो । खेलको छैटौ मिनेटमा जापानका सिन्जी कागवाले गोल गर्दै एसियाली राष्ट्रलाई अग्रता दिलाएका थिए ।
खेलको ३९ औ मिनेटमा जुआन कुडार्डोले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।
तर खेलको ७३ औ मिनेटमा जापानका याया ओसाकाले हेडमार्फत गोल गर्दै जापानलाई ऐतिहासिक जित दिलाए । जापानले पहिलो पटक दक्षिण अमेरिकी राष्ट्रविरुद्ध जित निकालेको छ ।