काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीप अन्तर्गत सुदुरपश्चिम प्रदेशले नेपाल एपीएफ क्लबलाई १ सय १४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन जोड्न सक्यो ।
सुदुरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् । विन्दुले ३६ बलमा ५ चौका प्रहार गरिन् ।
डोली भट्टले ३६ रन जोडिन् । डोलीले २५ बलको सामना गर्दा ४ चौका र १ छक्का प्रहार गरिन् ।
डोलीले प्रतियोगिताकै पहिलो छक्का समेत प्रहार गरिन् ।
कविता कुँवर २४ रनमा अविजित रहिन् ।
रेवती धामी १० रनमा आउट भईन् ।
रितु कनौजिया २ रनमा अविजित रहिन् ।
डिफेन्डिङ च्याम्पियन एपीएफका लागि सुस्मा श्रेष्ठ २ विकेट हात पारिन् ।