काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्ने भएको छ ।
नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।
सिरिज अन्तर्गत युएई, नेपाल र पीएनजी सहभागी छन् ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।
ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता १२ खेल खेलेको स्कटल्यान्ड (१६ अंक), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् ।
नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ ।
पीएनजीले भने १२ मध्ये कुनैपनि खेलमा जित हात पारेको छैन ।