एजेन्सी । मेक्सिकोका विङ्गर हरभिङ लोजानोले नयाँ सिजन प्रिमियर लिगबाट खेल्ने सम्भावना बढेको छ । मेक्सिकोका प्रशिक्षक कार्लो ओसोरियोले लोजाना प्रिमियर लिग खेल्नका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।
डच क्लब पीएसभीका आक्रमक खेलाडी लोजानोले आफु क्लब छाड्न र युरोपको राम्रो लिगमा आफ्नो भाग्य परिक्षण गर्न चाहेको बताएका छन् । गत बर्ष हल्याण्ड गएका उनले १९ गोल गर्नुका साथै ११ असिस्ट गरेका थिए । सोही प्रर्दशनका आधारमा क्लबले तीन बर्षमा दोस्रो पटक उपाधि जितेको थियो ।
रुसी विश्वकपमा उनको प्रर्दशनले अझ चर्चा पाएको छ । विश्वकपको आफ्नो पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई पराजित गरेको थियो । सो खेलमा लोजानाले उत्कृष्ट गोल गर्दे पुर्व विश्व विजेता जर्मनीलाई स्तब्ध बनाएका थिए । इङ्लिस क्लब आर्सनलले लोजानोमाथी आँखा लगाईरहेको थियो ।
तर जर्मनीबिरुद्ध उनको प्रर्दशनले युरोपेली फुटबलका ठुला क्लबले उनलाई पछ्याउन थालेका छन् । रिपोर्ट अनुसार स्पेनिस क्लब बार्सिलोनासमेत लोजानोको बिषयमा इच्छुक छ । प्रशिक्षक ओसोरियोका अनुसार २२ बर्षिया खेलाडीले अर्को सिजन युरोपेली क्लब फुटबलमा ठुलो फड्को हान्नेछन् ।