काठमाडौं । इंग्ल्यान्डका बलर जोफ्रा आर्चर लामो समय मैदान बाहिर रहने भएका छन् ।
चोटको शल्यक्रिया गरेपछि आर्चर लामो समय मैदान बाहिर रहने भएका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आर्चरको हातको कुहिनोको चोटको शल्यक्रिया गरिएको जनाएको छ ।
बोर्डले उनले विन्टरको क्रिकेट सिरिजहरु गुमाउने समेत जनाएको छ ।
आर्चरले पछिल्लो ९ महिनाबाट अन्तराष्ट्रिय खेल खेलेका छैनन् ।
चोटकै कारण आर्चरले आईसीसी टी-ट्वान्टी विश्वकप गुमाएका थिए ।
आर्चर अष्ट्रेलियाविरुद्धको एसेज सिरिज खेल्ने टिममा समेत छैनन् ।