काठमाडौं । इंग्लिस क्रिकेट समर्थकका लागि यसपल्टको एसेज सिरिज राम्रो होला जस्तो पटक्कै छैन् ।
पाँच टेस्टको सिरिजमा अष्ट्रेलिया अहिले नै २–० ले अगाडि रहेको छ र डर छ, कतै इंग्ल्यान्ड ह्वाइट वासको शिकार हुने त होइन् ? बेर छैन् ।
इंग्ल्यान्ड सुरुआती दुई टेस्टमा जसरी पराजित रह्यो, डर यसै कारण उत्पन्न भएको हो ।
यी दुई टेस्टमा इंग्ल्यान्डको न त बलिङ ढंगको रह्यो, न त ब्याटिङ ।
यस्तोमा दुवै टेस्टमा इंग्ल्यान्डको हार वास्तवमै बिर्सनलायक रह्यो । खासमा इंग्ल्यान्डमा यी हार बिर्सेर अब बाँकी रहेका दुई टेस्टमै आफ्नो ध्यान केन्द्रित गरे राम्रो ।
अबको तेस्रो टेस्ट डिसेम्बर २६ मा सुरु हुनेछ । त्यसको ठीक अगाडि अहिलेको इंग्ल्यान्ड टिमलाई लिएर विश्लेषण भइरहेको छ ।
त्यस अनुसार अहिलको इंग्ल्यान्ड टिम पछिल्लो एक दशक एसेज खेलेका टिममध्ये सर्वाधिक कमजोर भन्ने तथ्य पनि बाहिर आइरहेको छ ।
इंग्ल्यान्डको सबैभन्दा ठूलो कमजोरी ब्याटिङ मै छ, सायद बलिङ केही बलियो नै छ । ब्याटिङ कति खराब छ भने इंग्लिस लाइनअपमा विश्वास गर्न योग्य ब्याट्सम्यान नै छैन् ।
अझ विशेषत: इंग्ल्यान्डको प्रारम्भिक ब्याटिङ जोडीको समस्या अझ चर्को छ ।
लामो समयदेखि इंग्ल्यान्ड इनिङ्स सुरु हुने दुई उम्दा ब्याट्सम्यानको प्रतीक्षामा छ र अहिलेसम्म त्यसलाई हात पार्न सकेको छैन् ।
अष्ट्रेलियाका पूर्व कप्तान इयान च्यापेलले ठीकै भनेका छन्, ‘अहिलेको इंग्लिस टिममा के कस्तो गर्ने भनेर योजना नै छ जस्तो लाग्दैन् ।’
–बीबीसीको सहयोगमा ।