काठमाडौं । दक्षिण अफ्रिकी बलर एनरीच नोर्जेले भारतविरुद्ध तीन खेलको टेस्ट सिरिज गुमाउने भएका छन् ।
हिप इन्जुरीका कारण नोर्जेले भारतविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
नोभेम्बरमा भएको आईसीसी टी–ट्वान्टी विश्वकपपछि उनले बलिङ गरेका छैनन ।
तर उनी एकदिवसिय सिरिज खेल्न सक्ने आशा व्यक्त गरिएको छ ।
नोर्जेको अनुपस्थिति दक्षिण अफ्रिकाका लागि ठूलो झट्काको रुपमा रहेको छ ।
नोर्जेले यस वर्ष टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।
नोर्जेले ५ टेस्टमा २५ विकेट लिएका छन् जबकी दोस्रो स्थानमा रहेका केशव महाराजले १९ विकेट हात पारेका छन् ।
दक्षिण अफ्रिका र भारतबीचको पहिलो टेस्ट डिसेम्बर २६ बाट सुरु हुनेछ ।